२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना कहरः मास्कभित्र लुकेको तीजको उमंग (फाेटाेफिचर)

कोरोना कहरः मास्कभित्र लुकेको तीजको उमंग (फाेटाेफिचर)


काठमाडाैं– विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण यतिबेला नेपाल आक्रान्त छ । बिहिबारदेखि काठमाडाैं उपत्यकामा निषेध आदेश जारी भएसँगै यहाँका अत्यावश्यक सेवा बाहेकका सबै सेवा ठप्प छन् ।

त्यसाे त हिन्दु नारीहरुको महान चाड तीजमा पनि घर आगन, मन्दिर, चौतारा सुनसान रहे । तैपनि कतिपय महिलाहरु भने उपत्यकाका विभिन्न मठमन्दिरहरुमा देखिए । रातो सारी, गरगहना र मेकअपमा सजिएका महिलाहरु सौदर्यमा यसपाली मास्क थपिएको देखियो ।

कोरोना महामारीको बिचमा पनि उपत्यकाका विभिन्न स्थानमा भेटिएका तीजका महिलाहरुलाई हेल्थ आवाजका फोटो सम्पादक नवराज वाग्लेले क्यामेरामा यसरी कैद गरेः


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ