२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको धरानमा मृत्यु

प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको धरानमा मृत्यु


विराटनगर—धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धरान १५ का ६७ वर्षीय पुरुषको प्रतिष्ठानको कोभिड—१९ अस्पतालमा शनिबार सवा १२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई शुक्रबार राति प्लाज्मा थेपारी गरिएको प्रतिष्ठानले जनाएको छ । थेरापीपछि स्वास्थ्यमा सुधार देखिएको भएपनि शनिबार उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

उनी विपीमा प्लाज्मा थेपारी गरिने दोस्रो संक्रमित हुन् । उनीभन्दा अघि प्लाज्मा थेपारी गरिएका व्यक्तिको भने स्वास्थ्य सुधार भइरहेको प्रतिष्ठानका प्रवक्ता डा.सापकोटाले बताए ।

एक सातादेखि अत्याधिक खोकी, श्वासप्रश्वास फेर्न समस्या र ज्वरो आएपछि उनी प्रतिष्ठानमा भर्ना भएका थिए । उच्च रक्तचापको बिरामी उनको साउन २७ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई धरानको एन्फा क्वारेन्टिनबाट स्वास्थ्यमा समस्या भएपछि प्रतिष्ठानमा पठाइएको थियो ।

यो सँगै धरानमा कोरोनाको कारण मृत्यु हुनेको संख्या दुई जना पुगेको छ । यसअघि एक जना कोराना संक्रमित महिलाको मृत्यु भएको थियो ।

मृतकको शव व्यवस्थापन प्रोटोकलअनुसार गर्ने तयारी भइरहेको प्रवक्ता डा.सापकोटाले बताए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ