२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिषेध आदेशपछि यस्तो देखियो विराटनगर (फोटो फिचर)

निषेध आदेशपछि यस्तो देखियो विराटनगर (फोटो फिचर)


विराटनगर– समुदायस्तरमा कोरोना भाइरस फैलिएपछि निषेध आदेशको पहिलो दिन शनिबार प्रदेश १ को राजधानी विराटनगर सुनसान देखिएको छ । स्थानीय प्रशासनले निषेध आदेश जारी गरेपछि विराटनगरको सडक र बजार क्षेत्र सुनसान देखिएको हो ।

सडकमा प्रहरी परिचालन गरिएको छ । फाटफुट सडकमा देखिएका व्यक्तिलाइ प्रहरीले सोधीखोजी गर्छन् । अत्याआश्वयक बाहेकका अन्य साधन र अनावश्यक मानिसको आवातजावतलाई कडाई गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

बिहान ६ बजेदेखि ९ बजेसम्म अत्यावश्यक सामान खरिद गर्न दिइएको भएपनि त्यस पश्चात् कडाइ गरिएको छ । सामुदायस्तरमा कोरोना संक्रमणको जोखिम बढेपछि नागरिकलाई घरबाहिर ननिस्कन अनुरोध गर्दा पनि अटेर गरेको कारण निषेध आदेशलाई कडाइका साथ कार्यान्वयन गरिने स्थानीय प्रशासनले जनाएको छ ।

विराटनगर महानगरपालिका भित्र ९ जनाको मृत्यु भइसेको छ भने शुक्रबारसम्म ७ सय ७७ जना संक्रमित पुगेका छन् ।  जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिका, रंगेली नगरपालिकाको ४, ५, ६, ७ कटहरी गाउँपालिकाको १,२,३,४ र ५, र बुढीगंगा गाउँपालिकाको १,२, ३, ४ नम्बर वडामा भदौ १० गते राती १२ बजेसम्मको लागि निषेध आदेश जारी गरेको छ ।

तस्वीरहरूः अनिल श्रेष्ठ 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ