२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कहाँका कति ?

४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कहाँका कति ?


काठमाडौं—कोभिड—१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका देशभर ४०५ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सबैभन्दा नारायणी अस्पताल वीरगन्जमा कार्यरत ६६ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

भरतपुर अस्पताल चितवनका १८ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । यस्तै, त्रिवि शिक्षण अस्पताल २० जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान १७ जना, सुर्खेत प्रादेशिक अस्पताल १० जना र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । धनकुटा अस्पतालमा २ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् भने भेरी अस्पतालमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै, धुलिखेल अस्पतालमा ५ जना, गजेन्द्रनारायणसिंह अस्पताल सप्तरी ९ जना, गण्डक हस्पिटल ३ जना, ह्याम्स हस्पिटल १ जना, जिल्ला स्वास्थ्य कार्यलय अछाम ३ जना, जानकी हेल्थकेयर जनकपुर २ जना, कलैया अस्पताल ४ जना, काठमाडौं मेडिकल कलेज सिनामंगल ३ जना, खप्तड चण्डीडाडा गाउँपालिका बाजुरा ४ जना, कुष्मा नगरपालिका ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको मन्त्रालयको तथ्यांकमा छ ।

नारायणी सामुदायिक अस्पताल भरतपुर २ जना, नेशनल मेडिकल कलेज पर्सा २ जना, नेपाल प्रहरी अस्पताल ७ जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ४ जना, पर्वत अस्पताल २ जना, पर्सा जिल्ला जनस्वास्थ्य कार्यलय ६ जना, पिपिएचल ९ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ४ जना, सेती प्रादेशिक अस्पताल २ जना, वीरेन्द्र सैनिक अस्पताल २ जना, बयोधा अस्पताल ३ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।

यस्तै, शुक्लाफाँटा नगरपालिका १ जना, प्रसुती अस्पताल १ जना, पोखरा महानगरपालिका १ जना, पन्चदेवल नगरपालिका अछाम १ जना, कोइलीवास हेल्थ पोष्ट दाङ १ जना, कुष्मा गाउँपालिका पर्वत ५ जना, ओम कन्चनपुर स्वास्थ्य चौकी १ जना, गढीमाई गाउँपालिका बारा १ जना, देउपुर हेल्थ पोष्ट धनुषा १ जना, वीरेन्द्रनगर नगरपालिका २ जना, इडिसिडी १ कार्यरत १ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् ।

जिल्ला अस्पताल अछाम २ जना, रामारोशन गाउँपालिकाका ३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । त्यसैगरी, उदित हेल्थ पोष्ट बारा १ जना, वी एण्ड बी हस्पिटल ललितपुरका १ जना, पर्साको बदिहार क्वारेन्टाइनमा कार्यरत ३ जना र बाजुराको हेल्थ पोष्टमा कार्यरत १ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको मन्त्रालयको तथ्यांकमा छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ