२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यकर्मीमाथि दुर्व्यहार गर्नेलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको प्रतिवद्धता

स्वास्थ्यकर्मीमाथि दुर्व्यहार गर्नेलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको प्रतिवद्धता


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको घरमा फलेक्स टाँग्ने र उनीहरुलाई राख्न दिदैनौं भनेर हुलदंगा गर्नेमाथि कारवाही गर्ने जनाएको छ । आइतबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेमाथि कारवाही गर्ने प्रतिवद्धता जनाएका हुन् ।

डा. गौतमले चितवनमा चिकित्सकको घरमा लगेर फलेक्स टाग्ने, काठमाडौंमा सिभिल अस्पतालका डाक्टर/नर्स राखेको ठाउँमा राख्न दिदैंनौ भनेर हुलदंगा गर्ने व्यक्तिहरुलाई कानुनी कारवाही गर्नका लागि सम्बन्धित जिल्ला प्रशासनलाई कार्यलयलाई सूचना गरिसकिएको बताए । ‘उहाँहरुलाई कारवाही हुने कुरा सम्पूर्ण स्वास्थ्यकर्मीका अगाडि प्रतिवद्धता जाहेर गर्दछु,’ उनले भने ।

उनले अहिलेको विषम परिस्थितीमा स्वास्थ्यकर्मी चिकित्सकले दिनरात नभनी काम गरेको भन्दैं मन्त्रालयको तर्फबाट त्यसप्रति सम्मान व्यक्त गरे । ‘६—८ घण्टा पीपीई लगाएर बडो कष्टका साथ उहाँहरुले डाइपरलगाएर समेत खानपिन नगरी खाजा नखाईकन पानी नपिईकन बिरामीको उपचारमा खटिरहनुभएको छ,’ डा. गौतमले भने, ‘उहाँहरुले दिनुभएको सेवालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च सम्मान दिन्छ । यस्तो बेलामा उहाँहरुलाई सघाउनु हामी सबैको कर्तव्य हो ।’

उनले स्वास्थ्यकर्मीमाथि दूर्व्यवहार नगर्न र यस्तो कुरालाई प्रोत्साहन नगर्न समेत आग्रह गरे । डा. गौतमले दुर्व्यवहार गरिएमा संक्रामक रोग नियन्त्रणअनुसार कानुनी कारवाही गरिने चेतावनी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ