२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका झण्डैं ८ हजार कर्मचारीको समायोजन बाँकी, अझै केही समय लाग्ने

स्वास्थ्यका झण्डैं ८ हजार कर्मचारीको समायोजन बाँकी, अझै केही समय लाग्ने


काठमाडौं—स्वास्थ्य सेवा समूहका झण्डै ८ हजार कर्मचारीको अझै समायोजन हुन बाँकी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार एचए, अहेब र अनमीको समायोजनका लागि अझै केही समय लाग्ने भएको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य समूहतर्फको सबैभन्दा जटिल समायोजनको समूहमा प्रवेश गरेको बताए । ‘यसमा धेरै समस्या आएका छन्, कसैको एउटा समस्या आउने बितिकै रोकिहाल्छ,’ उनले भने, ‘अब सबैभन्दा अप्ठयारो भनेकै यही हो ।’

स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारी समायोजनमा चिकित्सा, नर्सिङ, आयुर्वेद, जनस्वास्थ्यलगायतका छैटौदेखि ११ तहसम्मका समायोजन सकिएको छ । त्यसैगरी, खोप सुपरभाइजर, ल्याब, पब्लिक हेल्थ इन्स्पेक्टरलगायतको पनि समायोजन सकिएको मन्त्रालयले जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा समूहका कर्मचारीको समायोजनका लागि सिफारिस गरिसकेको छ । अन्य सेवा समूहका कर्मचारीको समायोजन भैसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ