२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौँमा कुन टोलमा कति संक्रमित ?

काठमाडौँमा कुन टोलमा कति संक्रमित ?

पहिचान नखुलेका संक्रमित मात्रै २३८ जना


काठमाडौँ – काठमाडौँमा कोरोना संक्रमितको दिनप्रतिदिन बढ्दै गइरहेको छ । गएको शनिबारसम्मको तथ्यांक अनुसार काठमाडौँमा मात्रै ३२ वडामा संक्रमण फैलिसकेको छ । जसमध्ये कोटेश्वर र महाराजगन्जस्थित बढी संक्रमणको केस देखिएको छ।

शनिबारसम्ममा काठमाडौँमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ०६ जना पुगेको छ । जसमध्ये ८ जना संक्रमितको मृत्यु समेत भइसकेको छ ।
यता, उपचार पछि कोरोनामुक्त हुनेको संख्या १ सय ८८ पुगेको छ ।

त्यस्तै, संक्रमित मध्ये पहिचान खुलेका १ सय ६२ जना छन् भने पहिचान नखुलेका मात्रै २ सय ३८ संक्रमित रहेका छन् ।

काठमाडौँमा संक्रमण तीब्ररुपमा फैलिएसँगै सरकारले एक हप्ताको लागि निषेधाज्ञा जारी गरेको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा देशभर ८ सय १६ जना संक्रमित थपिएका छन् । आज मात्रै काठमाडौँमा १ सय २६ संक्रमित थपिएका छन् ।

यस्तो छ काठमाडौँको वडागत कोभिड अवस्था :

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ