२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशका १९ जिल्ला कोरोनाको अति उच्च जोखिममा, उपत्यकाका तीनै जिल्ला हटस्पट

देशका १९ जिल्ला कोरोनाको अति उच्च जोखिममा, उपत्यकाका तीनै जिल्ला हटस्पट


काठमाडौं—सरकारले २ सयभन्दा बढी सक्रिय कोरोना भाइरस (कोभिड—१९) संक्रमित रहेका जिल्लाहरुलाई अति उच्च जोखिम (हट स्पट)मा राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको निर्देशिकाअनुसार २ सय बढी सक्रिय संक्रमित रहेका जिल्लालाई स्थानीय प्रशासनले संक्रामक रोग ऐनअनुसार काम कार्वाही गर्न पाउने उल्लेख गरेको छ ।

हाल देशभर २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका १९ जिल्ला रहेका छन् । २ सय बढी सक्रिय संक्रमित रहेका अधिकांस जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

सरकारको मापदण्डअनुसार प्रदेश १ मा २ जिल्ला अति उच्च जोखिम जिल्लाकोे रुपमा रहेका छन् । जसमा मोरङमा सक्रिय संक्रमितको संख्या ९ सय १३ रहेको छ । मन्त्रालयले बनाएको मापदण्डअनुसार सुनसरी पनि अति उच्च जोखिममा परेको छ । सो जिल्लामा २ सय ८६ सक्रिय संक्रमित छन् ।

प्रदेश २ का ८ वटै जिल्ला अति उच्च जोखिमा जिल्लामा परेका छन् । सो प्रदेशका सबै जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । त्यसमा पनि पर्सा अति उच्च जोखिम जिल्ला रहेको छ । आइतबार साँझसम्म पर्सामा १ हजार ४ सय ६० सक्रिय संक्रमित रहेका छन् ।

बागमती प्रदेशमा ५ जिल्ला अति उच्च जोखिम जिल्लामा परेका छन् । सबैभन्दा बढी सक्रिय कोरोना संक्रमित काठमाडौं जिल्लामा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आइतबार बेलुकासम्म काठमाडौं जिल्लामा मात्र २ हजार ३ सय ६८ सक्रिय संक्रमित रहेका छन् । ललितपुर र भक्तपुरमा क्रमसः ३ सय ६० र २ सय ३१ रहेका छन् । बागमती प्रदेशमा चितवन र मकवानपुर पनि अति उच्च जोखिम जोनमा परेका छन् ।

गण्डकी प्रदेशबाट अहिलेसम्म अति उच्च जोखिम जिल्ला परेको छैन । यो प्रदेशमा कास्की जिल्लामा सबैभन्दा बढी १ सय २० सक्रिय संक्रमित छन् ।

प्रदेश ५ मा तीन जिल्ला अति उच्च जोखिम जिल्लाको रुपमा परेका छन् । जसमा कपिलवस्तु, बाँके र रुपन्देही रहेका छन् ।

कर्णाली प्रदेश अति उच्च जोखिम जिल्ला छैनन् । यो प्रदेशमा सबैभन्दा बढी सल्यानमा ८६ सक्रिय संक्रमितको संख्या छ ।

सुदूरपश्चिम प्रदेशमा डोटी जिल्ला अति उच्च जोखिम जिल्ला भएको छ । त्यहाँ २ सय ९६ सक्रिय संक्रमित रहेका छन् । सोही प्रदेशको बझाङ पनि उच्च जोखिम जिल्लामा पुग्ने अवस्थामा छ । सो जिल्लामा हाल १ सय ९० सक्रिय संक्रमित रहेका छन् ।

आइतबार साँझसम्म देशभर ३१ हजार ९ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १८ हजार ६ सय ३१ जना संक्रमणमुक्त भइसकेका छन् भने १ सय ४९ जनाको मृत्यु भएको छ । देशभर १३ हजार १ सय ५५ सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ