२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव

एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव


काठमाडौं—जनताको मौलिक हक मानिएको स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा न्यून मात्रै चिकित्सक कार्यरत छन् । अझ यो कोभिड महामारीका समयमा चिकित्सक कम हुँदा सेवा प्रवाहमा ठुलो समस्या आएको छ । सरकारी सेवामा करिब १३ सयको संख्यामा चिकित्सक कार्यरत रहेका छन् । सो संख्यामध्ये ३ सय बढी चिकित्सक कोरोनाबाट संक्रमित भएका छन् भने २ सय बढी क्वारेन्टाइनमा रहेको सरकारी तथ्यांक छ ।

देशभर ३५०७ वटा सरकारी स्वास्थ्य संस्था छन् । ती स्वास्थ्य संस्थामा हाल करिब १३ सय मात्रै चिकित्सक कार्यरत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसमा पनि कतिपय सेवा अवधि सकिएर विदामा छन् । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रति दश हजार जनसंख्यामा ३ जना चिकित्सकसहित २३ स्वास्थ्यकर्मी चाहिन्छ । उक्त मापदण्डलाई आधार मान्दा एक चिकित्सकको भागमा ३ हजार जनसंख्या आवश्यक पर्छ ।

वि.सं. २०६८ को जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ । तर, अहिले ३ करोड बढी जनसंखया भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । उक्त जनसंख्याअनुसार हाल एक चिकित्सकको भागमा २३ हजार बढी जनता पर्छन् ।

झण्डै ४० वर्ष अघिदेखि एमबीबीएस अध्ययन सुरु भएको हो । यस बीचमा नेपालमा करिब २४ हजारको संख्यामा डाक्टर उत्पादन भइसकेका छन् । तर, यति ठूलो जनशक्ति उत्पादन हुँदा समेत सरकारले साढे तीन सयको संख्या थप गर्न सकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १६ सय ५० चिकित्सकको दरबन्दी रहेको छ । तर, उपलब्ध भने १३ सयको संख्यामा मात्रै रहेको स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन शाखाले जनाएको छ । अभाव भएका चिकित्सकमा ८ औं तहदेखि १२ औं तहसम्मका छन् ।

देशभरका सरकारी अस्पतालहरूमा विशेषज्ञ चिकित्सकको अभाव छ । सरकारले हरेक अस्पतालमा विशेषज्ञ चिकित्सक पु¥याउने लक्ष्य लिएको छ । तर, करिब चार सयभन्दा बढी विशेषज्ञ चिकित्सकको अभाव देखिएको छ । झण्डै तीन सयको संख्यामा हाल विशेषज्ञ चिकित्सक छन् ।

२०५१ सालदेखि सुस्तायो स्वास्थ्य

डा. सेनेन्द्रराज उप्रेती
पूर्व स्वास्थ्य सचिव

वि.सं. २०५१ बैशाख ८ गते स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाको संगठन संरचनामा ठूलो परिवर्तन गरेको थियो । सोही समयमा चिकित्सकको दरबन्दी थपघट भयो । त्यसयता चिकित्सक सम्बन्धी ठूलो जनशक्तिको थपघट भएको छैन । दुई वर्षअघि नेपाल चिकित्सक संघको आन्दोलनका कारण २ सयको संख्यामा चिकित्सकको दरबन्दी थप गरिएपनि त्यसयता दरबन्दी थप गर्ने विषयमा चर्चासमेत भएको छैन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ