२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा अत्याधुनिक प्रयोगशाला बन्ने

प्रदेश १ मा अत्याधुनिक प्रयोगशाला बन्ने


विराटनगर—प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको छ । एक वर्षभित्रमा निर्माण सम्पन्न हुने गरी सामाजिक विकास मन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि गुणस्तरीय ल्याव परीक्षणका लागि काठमाडौं, भारतको दिल्लीसम्म जानुपर्ने बाध्यताको अन्त्य हुने सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । उनले प्रयोगशालाले प्रभावकारी, गुणस्तरीय र सुलभ मूल्यमा सेवा दिने बताए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रदेशभरी सञ्चालन हुने प्रयोगशालाको सञ्चालन स्वीकृति दिने, नियमित अनुगमन र गुणस्तर मापनको काम गर्ने जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताए । उनले प्रयोगशालाले महामारीका समयमा विशेष परीक्षण गर्ने, प्रयोगशालाकर्मीको क्षमता विकास तालिम दिने, विगतमा फैलिएको महामारी देखा परेमा पुनः पहिचान गर्ने र नयाँ रोगको परीक्षण गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रयोगशालाको गुणस्तर मापनका लागि समन्वय र सहकार्य गर्ने बताए ।

प्रयोगशाला स्नातकोत्तर क्याम्पस विराटनगरको जमिनमा निर्माण गरिने भएको छ । मन्त्रालयले क्याम्पससँग जग्गा प्राप्ति सम्बन्धि आज सम्झौता गरेको छ । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की र क्याम्पस प्रमुख महेशकुमार खत्रीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रयोगशलाको भवन सेभ द चिल्ड्रेनले निर्माण गर्ने भएको मन्त्रालयका सचिव कार्कीले बताए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ