२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ७४३ जनामा कोरोना पोजेटिभ, ८ जनाको मृत्यु

नेपालमा थप ७४३ जनामा कोरोना पोजेटिभ, ८ जनाको मृत्यु


काठमाडौं—नेपालमा थप ७४३ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतकाअनुसार पछिल्लो २४ घण्टामा देशभर ७ सय ४३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा काठमाडौंमा १७७ जना, ललितपुरमा ३३ जना र भक्तपुरमा १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।

संक्रमित बढेसँगै कोरोनाबाट मृत्यु हुने क्रम पनि बढेको छ । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको मन्त्रालय स्रोतले जनाएको छ ।

मृत्यु हुनेमा काठमाडौंका १ जना, रुपन्देहीमा ४ जना, मोरङका १ जना, सुनसरी १ जना र पर्साका १ जना रहेका छन् । थप ८ जनाको मृत्युसँगै जम्मा मृत्यु हुनेको संख्या नेपालमा १ सय ५७ जुगेको छ ।

कहाँ कति संक्रमित ?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ