२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजुम्लामा शवबाहन र भेन्टिलेटर व्यवस्थाको लागि स्रोत जुटाइदिन माग

जुम्लामा शवबाहन र भेन्टिलेटर व्यवस्थाको लागि स्रोत जुटाइदिन माग


सुर्खेत– कोभिड–१९ संकट व्यवस्थापन केन्द्र जुम्लाले पछिल्लो समय कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतरा बढेको भन्दै दुईवटा शव बाहन र १५ वटा भेन्टिलेटर व्यवस्था मिलाइदिन आग्रह गरेको छ ।
आइतबार प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको संयोजकत्वमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आर्थिक स्रोत जुटाइदिन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र छाउनी र प्रदेश कोभिड–१९ संकट व्यवस्थापन केन्द्र कर्णाली प्रदेशलाई आग्रह गर्ने निर्णय गरेको हो ।

‘यतिबेला जुम्लामा कोभिड–१९को महामारी फैलँदो क्रममा छ । कोभिड–१९ संक्रमित कसैको मृत्यु भयो भने जिल्लामा शव बाहन छैन,’ जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी थापाले भने,‘त्यसको आवश्यकता तत्काल पर्न सक्ने र जिल्लास्तरमा शव व्यवस्थापन गर्न कठिनाइ हुने भएकोले कम्तीमा दुईवटा शव बहान व्यवस्थाका लागि आग्रह गरिएको हो ।’

जुम्लामा पाँच वटामात्र आइसियु र भेन्टिलेटर छ । संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले यो उपकरणले धान्ने अवस्था छैन । जिल्लामा कोभिड–१९ का संक्रमितहरू बढ्दै गइरहेको हालको परीक्षणबाट देखिएकाले थप १५ थान भेन्टिलेटर व्यवस्था गर्न आवश्यक स्रोत जुटाइदिन केन्द्र र प्रदेश संकट व्यवस्थापन केन्द्र समक्ष माग गरिएको छ ।

संकट व्यवस्थापन समितिका संयोजक थापाका अनुसार स्थानीय तहमा निर्माण हुने आइसोलेसन कक्षहरू कोभिड–१९ संक्रमितहरूको आइसोलेसन सम्बन्धि स्वास्थ्य मापदण्ड २०७७ बमोजिम रहे नरहेको बारेमा अनुगमन तथा सहजिरकण गर्ने र मापदण्ड पु¥याउन आवश्यक सामग्री लगायतका उपकरणको आपुर्ति तथा ढुवानीमा सहजीकरण गर्ने समेत निर्णय भएको छ ।

बैठकले मुटु रोग, उच्च रक्तचाप, क्यान्सर, मधुमेह, श्वास प्रश्वाससम्बन्धि समस्या भएका ५५ बर्ष माथिका तथा दिर्घ रोगीहरू भएमा कर्णाली प्रतिष्ठानको आइसोलेसनमा राखि विशेष क्लिनिकल निगरानीमा राख्ने समेत निर्णय गरेको छ ।

संक्रमितहरूको स्वास्थ्यमा मध्यम तथा कडा जटिलता आइपरेमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा स्थानीय आइसोलेसन केन्द्रले कर्णाली प्रतिष्ठानमा पु¥याउने व्यवस्था मिलाउनेछ । निर्णयमा भनिएको छ,‘कोभिड–१९ को परीक्षण गर्ने क्रममा संक्रमितहरुको संख्या बढ्दै गइरहेको बेला आइसोलेसनको विस्तार स्थानीय तहसम्म गर्नुपर्ने, स्थानीय तहसँग आवश्यक आर्थिक स्रोत नभएको जानकारी आएकोले प्रत्येक स्थानीय तहमा स्थापना भएका आइसोलेसन सेन्टरका लागि आवश्यक आर्थिक स्रोत व्यवस्थापन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने निर्णय समेत भएको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ