२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुर्खेतमा भदौ १२ गतेसम्मका लागि थपियो निषेधाज्ञा

सुर्खेतमा भदौ १२ गतेसम्मका लागि थपियो निषेधाज्ञा


सुर्खेत – जिल्ला प्रशासन कार्यालय सुर्खेतले भदौ १ गतेदेखि जारी गरेको निषेधाज्ञा दोस्रो पटक थप गरेको छ । भदौ १२ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थपेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

कोरोनाको संक्रमण तिव्र गतिमा बढ्दै गएकोले यसबाट पर्न सक्ने जोखिमलाई नागरिकबाट समेत स्वास्थ्य सुरक्षाका मापदण्डलाई बेवास्ता गरी भीडभाड, भेला तथा जमघट गरि संक्रमणको दर उच्च देखिएकाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम भदौ १२ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामीछानेले बताए ।

निषेधाज्ञाको समयमा स्वास्थ्य सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, दुध, फोहोरमैला व्यवस्थापन ग्यास पेट्रोलियम पदार्थ औषधी तरकारी पसल जस्ता अति आवश्यकीय सेवा बाहेक अन्य सम्पूर्ण बन्द रहने जनाइएको छ ।

निषेधाज्ञाको अवज्ञा गर्नेलाई प्रचलित कानून बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ