२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘स्वस्थ जीवनशैली’ पुस्तक बजारमा

‘स्वस्थ जीवनशैली’ पुस्तक बजारमा


काठमाडौं—आयुर्वेद चिकित्सक डा. सन्तोष कुमार ठाकुर, डा. मिथिलेश कुमार साह एवं डा. निर्मल भुसालको ‘स्वस्थ जीवनशैली’ बजारमा आएको छ । आयुर्वेद सिद्धान्तमा आधारित उक्त पुस्तकको विमोचन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा गरेका हुन् ।

सो क्रममा मन्त्री त्रिपाठीले स्वस्थ र स्वच्छ जीवनशैली नै हरेक रोगको भरपर्दो उपचार रहेको बताए । उनले पुस्तकमा अहिलेको अवस्थामा हरेकले आफ्नो जीवनशैली परिवर्तन गरी कोरोनाबाट बच्न सर्वोत्तम उपाय रहेकाले सहयोगी हुने उल्लेख गरे ।

पुस्तकमा आयुर्वेदको सिद्धान्तमा आधारित स्वस्थ जीवनशैलीका लागि उपयोगी सबै उपायहरु सरल रुपमा समावेश गरिएको छ । लेखक डा. सन्तोषकुमार ठाकुरले स्वस्थ जीवनशैलीका लागि व्यवस्थित रुपमा पालना गर्न उक्त पुस्तक पाठक समक्ष उपयोगी हुने बताए । उनले जीवनमा प्रयोग गर्ने उपायहरु कसरी उपयोगी वा अनुपयोगी हुन्छ भन्ने विषयलाई यस पुस्तकबाट जान्न सकिने कुरा व्यक्त गरे ।

पुस्तकका लेखक डा. मिथिलेशकुमार साहले पुस्तकमार्फत एक व्यक्तिले आफूलाई उपयोगी आहार, निन्द्रा, आदि आयुका उपस्तम्भहरु कसरी र कुन बेला तथा कति मात्रामा गर्नुपर्छ भन्ने विषयमा जानकारी लने सक्ने बताए । आयुर्वेदको मुख्य सिद्धान्तहरुको वर्णनका साथै उचित दिनचर्या, ऋतुचर्या, योग, सद्वृत्त, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उपायका साथै घर वरिपरि तथा भान्साघरमा उपयोग हुने जडिबुटीको वर्णन जन—सामान्यले सजिलै बुझ्न सक्ने गरी किताबमा समावेस गरिएको उनको भनाइ थियो ।

त्यसैगरी अर्का लेखक डा. निर्मल भुसालले अहिलेको महामारीमा स्वस्थ रहन पंचकर्म सम्बन्धि विस्तृत वर्णन तथा यसले स्वास्थ्यमा कस्तो प्रभाव पार्दछ भन्ने विषयलाई पनि पुस्तकमा उजागर गरिएको बताए । उनले मानिस जन्मदेखि मर्ने समयसम्म प्रत्येकले गर्नुपर्ने आचरणका विषयलाई पुस्तकमा समेटिएको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ