२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रदेशमा २ मा २२ जना विशेषज्ञ चिकित्सक पठाइयो, २६ जना चिकित्सक तयारी अवस्थामा

प्रदेशमा २ मा २२ जना विशेषज्ञ चिकित्सक पठाइयो, २६ जना चिकित्सक तयारी अवस्थामा


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ संक्रमण उच्च रहेको प्रदेश २ मा २२ जना विशेषज्ञ चिकित्सकलाई पठाएको छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टकाअनुसार मंगलबार नारायणी अस्पताल वीरगन्जमा काम गर्ने गरी ९ जना चिकित्सक गइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयको छात्रवृत्तिमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत विशेषज्ञ पढेका चिकित्सकहरुलाई प्रदेश २ मा पठाइएको हो । मंगलबार ९ जना चिकित्सक गएपछि थप १३ जना चिकित्सक गौर अस्पताल र जनकपुर प्रादेशिक अस्पतालमा बिहीबार जाने तयारीमा छन् । उनीहरुमध्ये ६ जना चिकित्सक गौर अस्पताल र ६ जना जनकपुर प्रादेशिक अस्पताल जानेछन् । १ जनाको भने यी दुईमध्ये कुन अस्पतालमा जाने भन्ने टुंगो लागिसकेको छैन ।

‘एउटा गाडीले ९ जना चिकित्सक लिएर आज पर्सा गएको छ,’ सहसचिव विष्ट भने, ‘जनकपुर र गौरका लागि बिहीबार थप चिकित्सकहरु जाँदैछन् ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ महामारी बढेसँगै मन्त्रालयसँग कबुलियतनामा गरी सरकारको छात्रवृत्तिमा एमडी/एमएस गरेका चिकित्सकहरुलाई कोरोना प्रभावित क्षेत्रमा पठाउँदैं आएको छ । यसअघि न्याम्समा विशेषज्ञता अध्ययनरत चिकित्सकलाई सुदूरपश्चिम र प्रदेश नं. ५ पठाइएको थियो ।

अहिले भने एमडी/एमएस पास आउट भैसकेका विशेषज्ञ चिकित्सकहरुलाई सम्पर्कमा राखेर आवश्यक भएको ठाउँमा पठाइएको र थप पठाउने तयारीमा रहेको विष्टले बताए ।

मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाअन्तर्गतको चिकित्सा शाखाले दिएको जानकारीअनुसार अन्य २६ जना विशेषज्ञ चिकित्सकहरुलाई एलर्टमा राखिएको छ । उनीहरुलाई कोभिड—१९ उपचार हुने अस्पतालमा पठाउने तयारी रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ