२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा २३२ सहित थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा २३२ सहित थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं—काठमाडौं उपत्यकामा २३२ सहित थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ८५५  जनामा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौंमा उपत्यकाका २३२ मध्ये काठमाडौंका १९९ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, ललितपुरका १९ जना र भक्तपुरमा १४ जनामा कोरोना पुष्टि भएको छ ।

मंगलबार ८५५ नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

अहिलेसम्म कोरोना निको भएर १९ हजार १ सय १९ जना घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना संक्रमण जितेर घर फर्किएका छन् ।

अहिले नेपालमा १५ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचार गराइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । जसमा काठमाडौंकी ७१ वर्षीया महिला, सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष, काठमाडौंका ७४ र ६६ वर्षीय दुई पुरुष रहेका छन् ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६४ जना पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ