२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारटी एसएलसीदेखि एमएससीसम्मका २१५ स्वास्थ्यकर्मीलाई लाइसेन्स दिने परिषद्काे निर्णय

टी एसएलसीदेखि एमएससीसम्मका २१५ स्वास्थ्यकर्मीलाई लाइसेन्स दिने परिषद्काे निर्णय


काठमाडौ–नेपाल स्वास्थ्य व्यवसायी परिषद्को ८ भदौमा बसेको बैठकले प्रमाणपत्र तहदेखि स्वास्थ्य तर्फका स्नातकोत्तरसम्मका लाइसेन्स प्रदान गर्ने निर्णय गरेको छ ।

परिषद्का सदस्यसचिव पुष्पराज खनालका अनुसार कोभिड–१९ का कारण प्रमाणपत्र दिन नसकेपनि लाइसेन्स पाउनेहरुको नामावली वेबसाइड मार्फत सार्वजनिक गरिएको छ । बैठकले कोभिड–१९ को महामारीमा लाइसेन्सका कारण स्वास्थ्यकर्मीले काम गर्न नपाउने वातावरण नहोस् भनेर बैठकले निर्णय गरेको हो ।

कोभिडका कारण प्रमाणपत्र पाउन नसकेपनि लाइसेन्स पाएकाहरुको नाम लिष्ट परिषद्को वेवसाइडमा राखिएको र सोही आधारमा काम गर्ने वातावरण तयार भएको उनको भनाइ छ । ‘अहिले काम गर्न बाधा नहोस् भनेर वेबसाइडमा भएको लाइसेन्स नम्बरका आधारमा काम गर्न सक्नुहुन्छ ,’ उनले भने, ‘सहज भएपछि क्रमिक रुपमा प्रमाणपत्र लिन सकिन्छ ।’

परिषदले विएसी एमएलटी तर्फका ७६ जनालाई लाइसेन्स प्रदान गर्ने निर्णय गरेको छ । विपिएच तर्फ १४, एमपिएच तर्फ ११ जनालाई लाइसेन्स दिने निर्णय गरेको हाे ।

डेन्टल दोस्रो तर्फ ३७ जना, डेन्टल तेस्रो तर्फ ३ जना, जनरल मेडिसिन तर्फ २७ जना, ब्याचलर अप्टोम्याट्रीक्स तर्फ ५ जना, अप्टोम्याट्रक्स सेकेण्ड १३ जना, रेडियोग्राफि प्रथम तर्फ ५ जनालाइ लाइसेन्स दिने परिषद्ले निर्णय गरेहकाे छ।
त्यसैगरी  एसएलसी इन एमएलटी तर्फ ११ जना, सिएमए तर्फ ६ जना, वायोक्यामेस्ट्री तर्फ ४ जना, माइक्रोवाइलोजी तर्फ १ जना र एमएसी एमएलटीमा २ जनाले लाइसेन्स पाएका छन् ।

लाइसेन्स पाउनेकाे नामावली


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ