२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन ११ जना कोरोना संक्रमितको मृत्यु

एकैदिन ११ जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं– नेपालमा एकैदिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २ जना महिला र ९ जना पुरुष रहेका छन् ।

जसमा मोरङकी ४६ वर्षीय महिला, भक्तपुरकी ५३ वर्षीया महिला, कैलालीका ४५ र ५० वर्षीय दुई पुरुष, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय तीन पुरुष, बाँकेका ३७ वर्षीय पुरुष, काठमाडौंका ५१ वर्षीय पुरुष, बाराका ४१ र ४६ वर्षीय दुई पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७५ जना पुगेको छ । नेपालमा जम्मा संक्रमितकाे याे ०.५ प्रतिशत हाे ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ