२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबाँकेमा १८ लाख ४१ हजार लागतमा प्रसुती गृह बन्दै

बाँकेमा १८ लाख ४१ हजार लागतमा प्रसुती गृह बन्दै


सुर्खेत – बाँकेको खजुरा गाउँपालिका वडा नं. ७ सोनपुरमा प्रसुती गृहको शिलान्यास गरिएको छ । सोनपुर स्वास्थ्य चौकी भवन परिसरमा आड्रा नेपालको प्राविधिक र इनरुडेक कोहलपुरको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त भवनको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षतिले शिलान्यास गरेका हुन् ।

१८ लाख ४१ हजार लागत रहेको प्रसुती भवनको शिलान्यास गर्दै अध्यक्ष कक्षपतिले निर्माण हुन लागेको भवन त्यस क्षेत्रमा निकै उपयोगी हुने बताए । खजुरालाई स्वास्थ्यको हव बनाउन गाउँपालिका अग्रसर हुँदा आधारभूत स्वास्थ्य सेवादेखि विशेषज्ञ सेवा उपलब्धतामा खजुरा अगाडि बढ्दै गएको अध्यक्ष कक्षपतिले दाबी गरे ।

खजुरा गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष अतिउल्ला खानले सोनपुर स्वास्थ्य चौकीमा विभिन्न स्वास्थ्य उपकरणको अभाव रहेकाले सहयोगका लागि आग्रह गरे ।

इनरुडेकका अध्यक्ष धर्मलाल रोकायले बाँकेको राप्तीसोनारी गाउँपालिका कचनापुर र खाशकुश्ममा निर्माण भएको प्रसुती भवनको हस्तान्तरण गरिएको, जानकीको बेलभारमा हस्तान्तरण गर्ने क्रममा रहेको जानकारी दिए । खजुरा र नरैनापुरमा यो वर्ष निर्माण गरिनुका साथै बैजनाथ गाउँपालिकामा आगामी वर्ष २ वटा भवन निर्माण गरिने बताए ।

खजुराको सोनपुरमा निर्माण हुन लागेको भवन भवरभवानी निर्माण सेवाले ४ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको निर्माण व्यवसायी मदन बोहराले जानकारी दिए । शिलान्यास कार्यक्रममा आडा नेपालका क्षेत्रीय प्रमुख तर्क थापाले नवजात शिशु तथा बालसुधार परियोजना अन्तर्गत सो प्रसुती भवनको निर्माण गर्न गइरहेको बताए ।

कार्यक्रममा खजुरा स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेल, इन्जिनियर सोनु शाह, सबइन्जिनियर प्रकाश कठायत, इन्रुडेकका कोषाध्यक्ष नाजुमा खातुनलगायतको सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ