गृहपृष्ठ ∕ समाचार ∕ बुटवलमा पहिलो पटक प्लाज्मा थेरापी गरिएकी महिलाको मृत्यु बुटवलमा पहिलो पटक प्लाज्मा थेरापी गरिएकी महिलाको मृत्यु डी. आर. बन्जाडे बिहिवार, २०७७ भदौ ११ गते, १२:३९ मा प्रकाशित बुटवल—बुटवलमा पहिलो पटक प्लाज्मा थेरापी गरिएकी महिलाको मृत्यु भएको छ । गए राति कपिलवस्तुका कोभिड—१९ का बिरामी एक पुरुषको समेत मृत्यु भएको थियो । लुम्बिनी प्रादेशिक अस्पताल कोरोना आइसोलेसन शाखा धागो कारखानामा गम्भीर अवस्थामा उपचाररत तिलोत्तमा—२ जानकीनगरकी ७० वर्षीया महिलाको बिहिबार विहान साढे १० बजे मृत्यु भएको अस्पतलाका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जनाकारी दिए । साउन २६ मा संक्रमण पुष्टि भएकी उनको घरमा आइसोलेसनमै राखेर उपचार गरे पनि स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि साउन ३१ गते आइसोलेसन शाखामा भर्ना गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि प्लाज्मा थेरापी समेत गरिएको थियो । अस्पतालकै चिकित्सकले उनलाई प्लाज्मा दिएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट TFN ट्रेण्डिङ