२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा एकैदिन अहिलेसम्मकै सर्वाधिक ११११ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा एकैदिन अहिलेसम्मकै सर्वाधिक ११११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ३७७ जनामा कोरोना पोजेटिभ


काठमाडौं—काठमाडौं उपत्यका ३७७ सहित थप ११११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ११११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जुन नेपालमा एकैदिन पुष्टि भएको अहिलेसम्मको सर्वाधिक उच्च संख्या हो ।

नयाँ थपिएका संक्रमितमध्ये ३३४ महिला र ७७७ पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३७७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा २७० जना, भक्तपुर ४१ जना र ललितपुरमा ६६ जनामा कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमण जितेर पछिल्लो २४ घण्टामा ५६९ जना घर फर्किएका छन् । यससँगै कोरोना जितेर घर फर्किनेको संख्या २० हजार ७३ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । जसमध्ये महिला ५ जना र ३ जना पुरुष रहेका छन् । मन्त्रालयकाअनुसार ललितपुरकी ६५ वर्षीया, बाराकी २३ वर्षीया, कास्कीकी ३२ वर्षीया, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया महिलाको मृत्यु भएको हो ।

यस्तै, काठमाडौंका ४८ वर्षीय, पर्साका ६२ वर्षीय र कपिलवस्तुका ५० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८३ जना पुगेको छ ।

कहाँ कति संक्रमित थपिए ?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ