२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १न्यूरोमा ५० शैय्याको कोभिड—१९ अस्पताल सञ्चालन

न्यूरोमा ५० शैय्याको कोभिड—१९ अस्पताल सञ्चालन


विराटनगर—विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले भेन्टिलेटरसहितको ५० शैय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । विराटनगर–९ महेन्द्रचोकमा रहेको न्यूरोको शाखा मदर एण्ड चाइल्ड अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरी बिहीबारदेखि सञ्चालनमा ल्याएको हो ।

सञ्चालनमा ल्याइएको न्यूरोको कोभिड अस्पतालमा जनरलका ४२, आईसीयूका ७ र भेन्टिलेटरका २ शैय्या रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलका अपरेशन डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । ‘समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि संक्रमित राखेर उपचार गर्ने अस्पतालको शैय्या अभाव भइरहेको छ,’ उनले भने, ‘निजी स्तरबाट पनि राज्यसलाई सहयोग गर्दै संक्रमण रोकथाम र नियन्त्रण गर्न हामीले कोभिड अस्पताल संचालनमा ल्याएका हौं ।’

लक्षणसहितका संक्रमितहरुले उपचार अभावमा छटपटाई राख्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि अस्पताल सञ्चालनमा ल्याउनु परेको उनको भनाइ छ । कोरोना संक्रमितको व्यवस्थापन र उपचार सरकार एक्लैले मात्रै सम्भव नभएको भट्टराईले बताए ।

कोरोना संक्रमण भएको अवस्थामा रकम बुझाएर सुविधा सम्पन्न होटल आइसोलेसनमा बस्नेको संख्या बढेसँगै रकम बुझाएरै उपचार गराउनेको संख्यालाई मध्यनजर गर्दै विराटनगरमा यो दोस्रो अस्पताल सञ्चालनमा आएको हो ।

न्यूरोभन्दा अगाडि नै विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले आइसोलेसन सञ्चालनमा आएको थियो । न्यूरो अस्पतालले कोभिड क्राइसिस म्यानेजमेण्ट समिति अस्पतालस्तरमै गठन गरेको छ । सुविधासम्पन्न न्यूरोको कोभिड अस्पताल बिहीबार नै सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गरे । उनले निजी क्षेत्रबाट कोभिड–१९ संक्रमित नागरिकको उपचार सुरु भएसँगै यसले समाजको दैनिकीलाई सहजीकरण गर्ने बताए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ