२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा एकैदिन थप ९२३ जनामा कोरोना पोजेटिभ

नेपालमा एकैदिन थप ९२३ जनामा कोरोना पोजेटिभ


काठमाडौं—नेपालमा ९ सय बढीमा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतकाअनुसार पछिल्लो २४ घण्टामा नेपालमा ९२३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

शुक्रबार ९२३ जना संक्रमित थपिएसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३६ हजार ४ सय ५२ पुगेको छ । पछिल्लो समय काठमाडौं उपत्यकाका लगायतमा मुख्य सहरहरुलाई कोरोना संक्रमण बढ्दो क्रममा छ ।

बिहीबार मात्रै राजधानी समेत रहेको काठमाडौं उपत्यकाका ३७७ जनामा कोरोना संक्रमण देखिएको थियो । बिहीबार एकैदिनमा अहिलेसम्मकै सर्वाधिक बढी ११११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमितको संख्या बढेसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दैं गएको छ । बिहीबारसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८३ जना पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ