२०८० मंसीर १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यकर्मी झुण्डिएको अवस्थामा भेटिए

स्वास्थ्यकर्मी झुण्डिएको अवस्थामा भेटिए


जनकपुर—सिरहामा एक जना स्वास्थ्यकर्मी डेरामा बस्दै आएको घरको पंखामा झुण्डिएको अवस्थामा भेटिएका छन् । शुक्रबार विहान सिरहाको नरहा गाउँपालिका—३ का एक स्थानीयको घरमा डेरा बस्दैं आएका ॐ जीवन दिप प्याथोलोजी ल्याबका संचालक अहेब दीपनारायण यादव पंखामा झुण्डिएको अवस्थामा भेटिएको सिरहा प्रहरीका डिएसपी सन्तु जयसवालले जानकारी दिए ।

३५ वर्षीय यादव आफ्नो ल्याबको परीक्षण गर्ने कोठाको पंखामा झुन्डिएको अवस्थामा देखेपछि तत्कालै प्रहरीलाई खबर गरिएको थियो ।

नरहा गाउँपालिका—३ चोहर्वाका दीपनारायण यादव सोही ठाउँमा ल्याब संचालन गर्दै आएका थिए । विहान एक बिरामी उनलाई खोज्दै ल्याबमा गएपछि भित्रैबाट चुकुल लागेको थियो ।

छेउका पसलेलाई भनेपछि घर गएको होलान भनेर एक जनाले उनको घर गएर बोलाएपछि मृतकका बुवाले पनि बोलाएका थिए । धेरै बेरसम्म बोलाएपनि चुकुल नखोलेपछि ढोका तोडिएको थियो । चुकुल तोडदा यादव पंखामा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

उनलाई तत्कालै सिरहाको गोलबजारमा रहेको भूमिजा अस्पताल लगिएको थियो । अस्पतालले लगतै उनलाई मृत घोषित गरेको थियो । स्थानीयहरुका अनुसार केही दिनदेखि उनी गहिरो चिन्तामा देखिएका थिए । उनको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा लगिएको जनाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ