२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना नियन्त्रणका फ्रन्टलाइनरमाथि दुर्व्यवहार भए सिधैं गृह मन्त्रालयमा खबर गर्न सकिने

कोरोना नियन्त्रणका फ्रन्टलाइनरमाथि दुर्व्यवहार भए सिधैं गृह मन्त्रालयमा खबर गर्न सकिने


काठमाडौं—कोरोना भाइरस (कोभिड—१९) विरुद्ध फ्रन्टलाइनमा खटेर उपचार सक्रिय चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भए १४४९ नम्बरमा फोन गर्न सकिने व्यवस्था गृह मन्त्रालयले मिलाएको छ ।

शुक्रबार गृह मन्त्रालयले कोरोना नियन्त्रणमा खटेका स्वास्थ्यकर्मी र अन्य राष्ट्रसेवकलाई हुलइज्जत गर्ने, धम्की दिने, बसोबास गरेको घर/डेरामा आउन अवरोध गर्ने, घेराउन गर्ने र दुर्व्यवहारजस्ता क्रियाकलाप भए तत्काल उक्त मन्त्रालय टोल फ्री नम्बर १४४९ मा  सम्पर्क गर्न भनेको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले एक विज्ञप्ति जारी गर्दै त्यस्ता घटनाप्रति गृहको ध्यानाकर्षण भएको बताएका छन् ।

‘त्यस्ता गैरकानुनी र उच्छृखल गतिविधीमा संलग्न हुने उपर कानुन बमोजिक तत्काल कारवाही गर्न मन्त्रालय मातहतका निकायहरुलाई निर्देशन दिइसकिएको छ,’ प्रवक्ता बुढाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै स्थानमा त्यस प्रकारको घटना हुन सक्ने देखिएमा वा हुन गएमा तत्कालै गृह मन्त्रालयको टोल फ्री नम्बर ११४९ वा नेपाल प्रहरीको १०० नम्बरमा फोन गरी जानकारी गराउनु हुन तथा उजुरीकर्ताको विवरण गोप्य रहने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी लागि अनुरोध छ ।’

यसअघि काठमाडौं, चितवन, मोरङल, वीरगन्जलगायतका ठाउँमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएका घटना सार्वजनिक भएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ