२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १८६ सहित थप ८८४ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा १८६ सहित थप ८८४ जनामा कोरोना पुष्टि


काठमाडौं– काठमाडौं उपत्यकामा १ सय ८६ सहित थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ८ सय ८४ जनामा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौंमा उपत्यकाका १ सय ८६ मध्ये काठमाडौंका १ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, ललितपुरका १९ जना र भक्तपुरमा १२ जनामा कोरोना पुष्टि भएको छ । शनिबार ८ सय ८४ नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३ सय ३६ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ३ सय १३ जना कोरोना निको भएर घर फर्किएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या २० हजार ५ सय ५५ जना रहेको छ । हाल नेपालमा १६ हजार ५ सय ७८ सक्रिय कोरोना संक्रमित छन् । जसमध्ये ६ हजार ४ सय ४५ जना होम आइसोलेसनमा छन् भने १० हजर १ सय ४५ जना विभिन्न संस्थाको आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

अहिले १ सय ७५ जना कोरोना संक्रमितको आइसियुमा र २२ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । पछिल्लो २४ घन्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  याे सँगै नेपालमा मृत्यु हुनेकाे संख्या २ सय ७ पुगेकाे छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ