२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन १२ जना कोरोना संक्रमितको मृत्यु, काठमाडौं उपत्यकाका ६ जना

एकैदिन १२ जना कोरोना संक्रमितको मृत्यु, काठमाडौं उपत्यकाका ६ जना


काठमाडौं– काठमाडौं उपत्यकामा ६ जनासहित एकैदिन थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंका ८३ वर्षीय पुरुष र ५१ वर्षीया महिला, ललितपुरका ७२ र ६१ वर्षीय दुई पुरुष, भक्तपुरका ८२ वर्षीय पुरुष र ६२ वर्षीया महिला रहेका छन् ।

यस्तै, पाल्पाकी ३० वर्षिया महिला, पर्साका ४८ र ३९ वर्षीय दुई पुरुष, सिरहाका ८४ वर्षीय पुरुष, गोरखाका ३८ वर्षीय पुरुष, कास्कीका ५८ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २ सय ७ पुगेको छ । यो कुल संक्रमितको ०.५५ प्रतिशत हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ