२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधरानमा कोरोना संक्रमित आमा छोराको ४५ मिनेटको फरकमा मृत्यु

धरानमा कोरोना संक्रमित आमा छोराको ४५ मिनेटको फरकमा मृत्यु


विराटनगर—सुनसरीको धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित आमा छोराको मृत्यु भएको छ । आइतबार विहान उपचारको क्रममा संक्रमित ७४ वर्षीया आमा र ६० वर्षका छोराको मृत्यु भएको हो ।

संक्रमित आमा छोराको ४५ मिनेटको फरकमा मृत्यु भएको छ । छोराको आइतबार विहान ७ः४५ मा मृत्यु भयो भने आमाको ८ः३० मा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

संक्रमित महिलाका अत्याधिक खोकी, श्वास फेर्नमा समस्या, ज्यरो आएपछि शनिबार प्रतिष्ठानमा भर्ना भएको थियो । उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाले जानकारी दिए । मधुमेह, उच्च रक्तचापको पनि समस्या पनि थियो ।

यस्तै, छोरालाई पनि खोकी, ज्वरो र दीर्घ रोगका बिरामी रहेको प्रष्ठिानले जनाएको छ । मधुमेहको समस्या र २ महिनादेखि कलेजोमा समस्या देखिएको थियो ।
यो सँगै धरानमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यस अघि एक जना महिला र दुई जना पुरुषको मृत्यु भइसकेको छ । प्रदेश १ मा

हालसम्म २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमितमध्ये मोरङमा १६ जना, झापाको दमकका १ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ