२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन अहिलेसम्मकै बढी १२२१ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन अहिलेसम्मकै बढी १२२१ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं—काठमाडौं उपत्यकामा ४२९ सहित थप १२२१ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जुन एकैदिन पुष्टि भएको अहिलेसम्मकै बढी हो ।

काठमाडौंमा ३७२ जना, भक्तपुरमा १२ जना र ललितपुरमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१२२१ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा अहिलेसम्म संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २६७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको भएर घर फर्किनेको संख्या २० हजार ८ सय २२ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर ४ जना महिला र १० जना पुरुषको निधन भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२१ जना पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ