२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअब पिसिआर परीक्षणको ४००० मात्र लिन पाउने

अब पिसिआर परीक्षणको ४००० मात्र लिन पाउने


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जाँच गर्ने पिसिआर परीक्षण ४ हजार रुपैयाँ शुल्क तोकेको छ । मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै स्वेच्छिक रुपमा पिसिआर जाँच गराउनेहरुको निजी ल्याब तथा सरकारले तोकेका सरकारी ल्याबहरुमा ४ हजार रुपैयाँ तिरेर गर्न सक्ने निर्णय गरेको छ ।

निर्णयमा ल्यावमै गएर जाँच गरेमा ४ हजार रुपैयाँ र ल्याव नभएको अस्पतालमा गएर जाँच गरे थप ४ सय रुपैयाँ तिर्नुपर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

‘ल्यावमै सिधै आएका सेवाग्राहीको स्वाव परीक्षण गरेमा ४ हजार रुपैयाँ र ल्याव नभएको अस्पतालमा स्वाव दिएमा थप ४ सयसम्म लिन सकिने निर्णय भएको छ,’ उनले भने, ‘अब कसैले पनि ४ हजार ४ सयभन्दा बढी लिन पाउँदैन् ।’

यसअघि सरकारले मापदण्डभित्र नपरेका पिसिआर जाँच गर्नुपर्ने बिरामीका लागि नेपाल सरकारका तोकिएका ल्याब र निजी ल्याबहरुलाई ५ हजार ५ सय रुपैयाँ लिएर जाँच गर्न सक्ने निर्देशिका तयार गरेको थियो । सरकारले ५ हजार ५ सय तोकेतापनि कतिपय अस्पतालले ७ हजार ७ सयसम्म परीक्षण शुल्क लिदै आएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ