२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविरामीमाथि यौन दुर्व्यवहारको आरोपमा चिकित्सक पक्राउ

विरामीमाथि यौन दुर्व्यवहारको आरोपमा चिकित्सक पक्राउ


ललितपुर—आँखाको उपचारका  क्रममा युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुर प्रहरीले एक जना चिकित्सकलाई पक्राउ गरेको छ । आँखाको उपचारका क्रममा आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दैं युवतीले उजुरी दिएपछि २२ साउनमा प्रहरीले ती चिकित्सकलाई पक्राउ गरेको हो ।

‘आँखाको उपचार गर्ने क्रममा विरामीको ब्रेस्टलगायतका संवेदनशील अंग छुने गरेको उजुरी छ,’ महानगरीय प्रहरी परिसर ललितपुरकी प्रहरी उपरीक्षक दुर्गा चन्दले भनिन्, ‘उजुरी दिएपछि हामीले उहाँलाई पक्राउ गरेर अनुसन्धान जारी राखेका छौं ।’

ती आँखा चिकित्सकले आफूमाथि सेक्सुअल ह्यारेसमेण्ट गरेको भन्दैं एक २३ वर्षीय युवतीले उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा जबरजस्ती करणी मुद्धामा अनुसन्धान भैरहेको ललितपुर प्रहरीका प्रवक्ता नारायण चिमोरियाले बताए । ‘हामीले अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘प्रमाण जुटाउनेलगायतका काम भैरहेका छन् ।’

युवतीमाथि ह्यारेसमेण्ट गरेको आरोप लागेका चिकित्सक झण्डै ६०—६२ वर्षका हुन् । तर, चिकित्सकले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । अनुसन्धान जारी रहेकाले प्रहरीले चिकित्सकको परिचय भने गोप्य राखेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ