२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरको एसियाटिक होटल आइसोलेसनबाट ७ जना कोरोना संक्रमित डिस्चार्ज

विराटनगरको एसियाटिक होटल आइसोलेसनबाट ७ जना कोरोना संक्रमित डिस्चार्ज


विराटनगर– विराटनगरस्थित एसियाटिक होटलको आइसोलेसनबाट ७ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । उक्त होटलबाट बिहीबार ५ जना पुरुष र २ जना महिला गरी ७ जना डिस्चार्ज भएका अस्पतालका सञ्चालक पुण्य भट्टराईले जानकारी दिए ।

डिस्चार्ज हुनेहरूमा ६ जना झापा र १ जना मोरङका रहेका छन् । उनीहरू दुई साताभन्दा बढी एसियाटिक होटलको आइसोलेसनमा बसेपछि पछिल्लो समय गरिएको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् ।

यस अघि एक जना डिस्चार्ज भएको एसियाटिक होटलका संचालक भट्टराईले जानकारी दिए । डिस्चार्ज हुनेहरू राष्ट्रिय वाणिज्य बैंक र नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरू हुन् ।

आठ जना डिस्र्चाज भएसँगै अब होटलको आइसोलेसनमा १३ जना संक्रमित छन् । होटल आइसोलेसनमा बसेका संक्रमितहरूको उपचार र उनीहरूको स्वास्थ्य परामर्शका लागि एकजना स्वास्थ्यकर्मी रहेका छन् ।

सामाजिक विकास मन्त्रालयले राखिदिएको स्वास्थ्यकर्मीले संक्रमितहरूलाई स्वास्थ्य परामर्श र आवश्यकता अनुसार औषधि पनि दिने गरेका छन् । होटलमा मन्त्रालयले आवासीय रूपमै एक स्वास्थ्यकर्मी पनि खटाइदिएको सञ्चालक भट्टराईले जानकारी दिए । होटल आइसोलेसनमा ६५ जनालाई राख्न सकिने बताइएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ