२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअस्पतालबाटै १३ हजारले लिए न्यायिक सेवा

अस्पतालबाटै १३ हजारले लिए न्यायिक सेवा


काठमाडौँ–विगत तीन वर्षदेखि नमुना परियोजनाका रुपमा रहेको लैगिक हिंसामा परेका व्यक्तिका लागि व्यबस्थापन (ओसिएमसी) सुरु गरेको छ । सरकारले जिल्ला र अञ्चल अस्पतालहरुमा ओसिएमसी कार्यक्रम औपचारिक रुपमा सुरु गरेको हो । यो कार्यक्रम सुरु भएपछि न्यायको ढोका अस्पताल भित्रैबाट खुल्ने विश्वास गरिएको छ । लैङ्गिक हिंसामा परेका व्यक्तिका लागि सरकारले एकद्धारा प्रणाली लागू गर्ने भएको हो ।

गृह मन्त्रलय, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कानुन तथा न्याय मन्त्रालयको समन्वयमा कार्यक्रम लागू हुने भएको हो । योसँगै विगतमा न्याय खोज्न प्रहरी, अदालत, मानवअधिकारकर्मी जस्ता निकायमा पिडित जानुपर्ने बाध्यता हट्नेछ । उनिहरु अब सिधै अस्पतालमा जानेछन । त्यसका लागि जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक अस्पतालमा आवश्यक कर्मचारी राख्ने सामाजिक स्वास्थ्य सुरक्षा शाखाका बरिष्ठ स्वास्थ्य प्रशासक डा. माधव प्रसाद लम्सालले जानाकारी दिए ।

ओसिएमसीको औपचारिक सुरुवातसँगै न्याय खोज्न प्रहरी, अदालत, मानवअधिकारकर्मी जस्ता निकायमा पिडित जानुपर्ने बाध्यता हट्नेछ

जिल्ला र अञ्चल अस्पतालबाट सुरु
डा. लम्सालका अनुसार जिल्ला अस्पताल र अञ्चल अस्पतालबाट ओसिएमसी सेवा सुरु भएको छ । तर उपत्यका भित्र भने लागु भएको छैन । पिडित आफै न्याय खोज्न जाँदा झन बढी पिडामा पर्ने भएकाले त्यसलाई एकद्धार प्रणालीमा ल्याइएको हो । ओसिएमसी सेबाका लागि स्वास्थ्य मन्त्रालयले तीन वर्ष अगाडी प्रस्ताव गरेको थियो । तर पूर्णरुपमा कार्यान्वयनमा आएको थिएन । हाल स्वास्थ्य मन्त्रालय अन्तर्गतको सामाजिक स्वास्थ्य सुरक्षा शाखाले यसको जिम्मेवारी लिएको छ । ५५ जिल्लामा परिक्षणका रुपमा चलेको थियो । ।

१३ हजारले लिए सेवा
परीक्षणको रुपमा अस्पतालमा बसेर न्यायिक सेवा लिनेको संख्या १३ हजार नाघेको छ । बि.स ०७४÷०७५ सम्म यो सेबा १३ हजार ४ सय जनाले लिइसकेका सेवा लिएका छन् । सन् २०१०÷०११ बाट सुरु भएको ओसिएमसी कार्यक्रम ५५ जिल्लामा पुगेको छ, जसमा ११ सय २० पुरुष र १२२८० महिला छन् । बलस्तारका घटनाबाट पिडित ३२ प्रतिशत र घरेलु हिंसामा परेका ५४ प्रतिशतले अस्पतालको शैयाबाटै सेवा लिएका छन् । मानसिक रोग संग सम्बन्धीत १३ र अन्य १ प्रतिशतले ओसिएमसी सेवा लिएका छन् ।

कार्यक्रम प्रभावकारी देखियो
इन्द्र गौतम
उपसचिव, स्वास्थ्य मन्त्रालय
तीन वर्ष अगाडी परिक्षणका रुपमा लैङ्गिक हिंसामा परेका व्यक्तिहरुका लागि सरकारले एक द्धारा प्रणाली (ओसिएमर्र्सी) लागु गरेको थियो । ५५ जिल्लामा सुरु भएकोमा कार्यक्रम ७० जिल्लामा पुर्याउने लक्ष्य रहेको छ । परीक्षणका क्रममा यो कार्यक्रम प्रभावकारी देखेपछि हामीले औपचारिक रुपमा लागू गराउँने निर्णय लिएका हौँ । यसका लागि अर्थ मन्त्रालयले सिधै सम्बन्धित अस्पतालमा रकम निकाशा गरेको छ । सल्लाह, सुझाव र आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धीत निकायलाई बोलाउने काम अस्पतालले गर्नेछ । जनशक्तिको अभाव देखिएको छ । समन्वय गर्न कर्मचारी आवश्यक पर्ने भएकाले कर्मचारीको व्यवस्थापन गर्नुपर्छ । हाल कामको रिपोटिङ हुन सकेको छैन । यसले चाडै मुर्तरुप लिनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ