२०७९ असोज १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री ओलीको ट्वीट —मेरो स्वास्थ्य सामान्य छ

प्रधानमन्त्री ओलीको ट्वीट —मेरो स्वास्थ्य सामान्य छ


काठमाडौं—सिंगापुरमा उपचार गरेर आज स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । सोमबार आफ्नो ब्यक्तिगत ट्वीटर एकाउण्टमार्फत उनले आफू स्वस्थ रहेको जानकारी दिएका हुन् ।

‘सिंगापुरमा स्वास्थ्य परीक्षण गरी आज फर्किएको छु,’ उनले ट्वीटमा लेखेका छन्, ‘मेरो स्वास्थ्य अवस्था सामान्य छ । परीक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार ब्यक्त गर्दछु ।’

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितीप्रति चासो राखी चिन्ता ब्यक्त गर्ने तथा स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद समेत ब्यक्त गरेका छन् । गत शनिबार प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)