२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यको कारण देखाउँदैं चिकित्सक सांसदले दिए राजीनामा

स्वास्थ्यको कारण देखाउँदैं चिकित्सक सांसदले दिए राजीनामा


काठमाडौं–स्वास्थ्यको कारण देखाउँदैं एक जना चिकित्सक सांसदले प्रतिनिधीसभा सदस्यबाट राजीनामा दिएका छन् । सोमबार प्रतिनिधीसभामा सप्तरी–१ बाट प्रत्यक्ष निर्वाचित सांसद डा. सुर्यनारायण यादवले पदबाट राजीनामा दिएका हुन् ।

उनी समाजवादी पार्टीका सांसद हुन् । उनले सोमबारै स्वास्थ्यको कारण देखाउँदैं आफ्नो राजीनामा सभामुख कृष्णबहादुर महरालाई बुझाएका छन् । ‘संसद सचिवालयमा राजीनामा दर्ता भएको छ,’ सभामुखका प्रेस संयोजक डिल्ली मल्लले हेल्थआवाजसँग भने, ‘राजीनामा स्वीकृत हुनका लागि भने दलको कार्यलयले समेत अनुमति पत्र पठाउनुपर्छ, अनिमात्र स्वीकृत हुने हो । अनुमति पत्र आएको छैन् ।’

सप्तरीको तिरहुत गाउँपालिकाका स्थायीवासी डा. यादवले प्रतिनिधीसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई ३ हजार ४ सय ८७ मतले पराजित गर्दै तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव जितेका थिए । उनले २१ हजार ७ सय १२ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्धन्द्धी वाम गठबन्धनका उम्मेदवार अशोक मण्डलले १८ हजार २ सय २५ मत ल्याएका थिए ।

एमबीबीएस चिकित्सक डा. यादव पहिलो पटक गत प्रतिनिधीसभा निर्वाचनमा उम्मेदवार बनेका हुन् । उनले सुरुमा सद्भावना पार्टीबाट राजनीतिक सुरु गरेका थिए । तर, उनी गत निर्वाचनमा संघीय समाजवादी फोरमबाट निर्वाचनमा उम्मेदवार बनेर जित हासिल गरे ।

डा. लामो समय स्वास्थ्य पेशामा बिताएका सप्तरीका चर्चित चिकित्सक मानिन्छन् ।

डा.यादवको राजीनामा सभामुख  महराले स्वीकृत गरेपछि उक्त निर्वाचन क्षेत्र खाली हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ