२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयको दरबन्दी ३१ हजार ५ सय ९२, कुन तहमा कति ?

स्वास्थ्य मन्त्रालयको दरबन्दी ३१ हजार ५ सय ९२, कुन तहमा कति ?


काठमाडौं—कर्मचारी समायोजनका शिलशिलामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर्मचारी समायोजनमा ढिलाइ भैरहेको छ । स्वास्थ्य मन्त्रालयको हालको दरबन्दी कति छ त ?

हालै स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संक्षिप्त परिचय एवं प्रगति विवरणमा स्वास्थ्यको कुल ३१ हजार ५ सय ९२ मात्रै रहेको छ । जसमध्ये सबैभन्दा बढी स्थानीय तहमा २५ हजार ३ सय ४७ दरबन्दी रहेको छ । यस्तै, प्रदेश तहमा ३ हजार ५ सय ९३ र संघमा २ हजार ६ सय ५२ जनाको दरबन्दी रहेको छ ।

तहअनुसार स्वास्थ्यको दरबन्दी हेर्ने हो भने चौथो, पाँचौ र छैटौ तहको १९ हजार ५ सय ८४ दरबन्दी छ । जसमध्ये संघमा २ सय ९९, प्रदेशमा ७ सय ७६ र स्थानीय तहमा १८ हजार ५ सय ९ जनाको दरबन्दी छ । यस्तै, पाँचौ, छैटौ र सातौ तहमा ९ हजार १ सय १५ जनाको दरबन्दी रहेको छ । जसमध्ये संघमा १ हजार १ सय १४, प्रदेशमा १ हजार ४ सय ७१ र स्थानीय तहमा ६ हजार ५ सय ४० दरबन्दी छ ।

आठौं तहमा कुल ९ सय ९४ दरबन्दी रहेकोमा केन्द्रमा ३ सय ६३, प्रदेशमा ३ सय ७७ र स्थानीय चतहमा २ सय ५४ जनाको दरबन्दी छ । सातौ र आठौं तहमा ५ सय ५६ जनाको दरबन्दी छ । जसमध्ये केन्द्रमा २ सय २६, प्रदेशमा ३ सय १९ र स्थानीय तहमा ११ जना दरबन्दी छ ।

नवौं र दशौं तहमा १ हजार ४७ जनाको दरबन्दी रहेको स्वास्थ्य मन्त्रालयको अभिलेखमा उल्लेख छ । जसमध्ये संघमा ४ सय ७०, प्रदेशमा ५ सय ४४ र स्थानीय तहमा ३३ जनाको मात्रै दरबन्दी रहेको छ । एघारौं तहको दरबन्दी कुल २ सय ८१ जना रहेको छ । जसमध्ये संघमा १ सय ७५ जना, प्रदेशमा १ सय ६ जना र स्थानीय तहमा १ सय ८१ जनाको दरबन्दी छ ।

यस्तै, १२ औं तहमा ३ जनाको मात्रै दरबन्दी रहेको छ । उक्त दरबन्दी सबै संघमै रहेको छ । यस्तै, बिशिष्ट श्रेणीतर्फ २ जनाको दरबन्दीमा संघमा मात्रै छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ