२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १सामाजिक विकास मन्त्री घिमिरेको कोरोना रिपोर्ट पुनः पोजेटिभ

सामाजिक विकास मन्त्री घिमिरेको कोरोना रिपोर्ट पुनः पोजेटिभ


विराटनगर—प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पिसिआर रिपोर्ट पुनः पोजेटिभ आएको छ । कोरोना लक्षण देखिएको दुई सातापछि बिहीबार गरिएको पिसिआर परीक्षण रिपोर्ट शुक्रबार पुनः पोजेटिभ आएको हो ।

मन्त्री घिमिरेको स्वाब परीक्षण प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो । स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरु हराउँदै गएकाले पुनः परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री घिमिरेको स्वकीय सचिवालयले जनाएको छ ।

रुघाखोकी, जिउ दुख्ने लक्षणबाहेक डाइरिया, टाउको दुख्ने, ज्वरोजस्ता समस्या समाधान हुँदै गएको प्रमुख स्वकीय सचिव तिलकबहादुर बस्नेतले जानकारी दिए । बस्नेतकाअनुसार मन्त्री घिमिरेको रक्तचाप र अक्सिजनको मात्रा सामान्य छ ।

मन्त्री घिमिरेलाई भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनु अघिदेखि नै उहाँलाई सामान्य लक्षणहरु देखिएपछि भदौ १३ गते साँझदेखि होम आइसोलेसनमा छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ