२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सकको पदस्थापन पूर्वाग्रही ढंगले शक्ति र दबाबमा गरिएको भन्दैं एमएमएको आपत्ति

चिकित्सकको पदस्थापन पूर्वाग्रही ढंगले शक्ति र दबाबमा गरिएको भन्दैं एमएमएको आपत्ति


काठमाडौं—सबैभन्दा ठूलो पेशागत संगठन नेपाल चिकित्सक संघ (एनएमए)ले चिकित्सकहरुको पदस्थापन समायोजन ऐन र जेष्ठता बमोजिम नभएको भन्दैं गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार संघका महासचिव लोचन कार्कीले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका चिकित्सकको पदस्थापनामा एशोसिएसनको गम्भीर चासो ब्यक्त गरेका हुन् ।

संघले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा पूर्वाग्रही ढंगबाट ब्यक्ति विशेषलाई लक्षित गर्दै शक्ति र दबाबमा समायोजन र पदस्थापना गरिएको भन्दैं आपत्ति समेत प्रकट गरेको छ ।

‘यस्तो विवादास्पद र गैर न्यायिक निर्णयले समग्र स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पुग्ने निश्चित भएको हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निश्चित कार्यविधी र मापदण्ड एवं वैज्ञानिक एवं पारदर्शी रुपमा तयार गरी कार्यन्वयन गर्न यस संघ जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

संघले विवादास्पद र पूर्वाग्रही ढंगबाट चिकित्सकहरुको पदस्थापन गरिएमा जस्तोसुकै कदम चाल्न बाध्य हुने जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ