२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १स्वाब संकलन गर्न विराटनगरमा ‘मोबाइल भ्यान’

स्वाब संकलन गर्न विराटनगरमा ‘मोबाइल भ्यान’


विराटनगर—समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि विराटनगरमा अशक्त र वृद्धा, बालवालिकाहरूको स्वाब संकलन गर्न मोबाइल भ्यान संचालनमा ल्याइएको छ । उक्त मोवाइल भ्यान महानगरपालिका भित्र शनिबारदेखि संचालनमा आएको हो ।

नेपालकै पहिलो गाडी उत्पादनकर्ता हुलास कम्पनीले ४ लाख लागतमा मोबाइल स्वाब भ्यानको निर्माण गरिदिएको हो । भ्यानमा सेन्सर सेनिटाइजर, भित्रैबाट बाहिर निर्देशन दिन सकिने व्यवस्था मिलाइएको छ । संकलन गरिएको स्वाब परीक्षण गर्न कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य ल्याबमा पठाउने गरिएको छ ।

रोटरी क्लब अफ विराटनगरको सहयोगमा निर्माण भएको क्त मोबाइल स्वाब भ्यानको साँचो शुक्रबार विराटनगर महानगरका प्रमुख भीम पराजुलीलाई हस्तान्तरण गरिएको थियो ।

स्वाब भ्यानको साँचो बुझ्दै पराजुलीले मोबाइल यसबाट विराटनगरका वृद्ध ,बालबालिका, अपांग तथा सुत्केरीहरुलाई सेवा दिइने जानकारी गराए । मोबाइल स्वाब भ्यान संचालनमा आएपछि अशक्त र वृद्धाहरूको स्वाब संकलनमा सहज हुने विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या शुक्रबारसम्म ५ हजार ४३७ पुगेको छ । महानगरपालिका भित्र १ हजार ५ सय बढी संक्रमित पुगेका छन् । विराटनगर महानगरपालिका भित्र १५ जना संक्रमितको मृत्यु भइसकेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ