२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविशेषज्ञ चिकित्सकको सेवा, शर्त र जिम्मेवारी तोक्न निर्देशिका बनाउँदै काउन्सिल

विशेषज्ञ चिकित्सकको सेवा, शर्त र जिम्मेवारी तोक्न निर्देशिका बनाउँदै काउन्सिल


काठमाडाैं- नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकहरुको सेवा, शर्त, कार्यपरिधि र जिम्मेवारीलाई व्यवस्थित गर्न छुट्टै निर्देशिका बनाउने भएको छ । भाद्र १ र २ गते बसेको काउन्सिलको पुर्ण बैठकले नयाँ निर्देशिका बनाउने निर्णय गरेको हाे ।

विशेषज्ञहरुको सेवा शर्त, कार्यपरिधि र जिम्मेवारीका विषयमा सम्बन्धित विशेषज्ञहरुको एसोसिएसनहरुसँग सुझाव लिने काम सुरु भएको काउन्सिलका रजिष्टार डा. कृष्ण अधिकारीले बताए ।

‘विशेषज्ञहरुले अध्ययन गरेको विषय अनुसार सीप कौशल र कार्य क्षेत्र निर्धारण गर्नको लागि यो निर्देशिका बनाउने तयारी गरिएको हो,’ उनले भने, ‘त्यसका लागि सम्बन्धित विशेषज्ञ अध्ययन गरेका चिकित्सकहरुको एसोसिएसनसँग सुझाव लिन सुरु गरएको छ ।’

निस्चित विशेषज्ञता हासिल गरेका चिकित्सकहरुले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर उपचार गर्दा धेरै समस्या आएको र काउन्सिलमा यस्ता विषयमा धेरै उजुरी परेको हँुदा निर्देशिकाको आवश्यकता परेको उनले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ