२०८१ असार २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएमबिबिएस र बिडिएसको लाइसेन्स परीक्षा कार्तिक १ गते

एमबिबिएस र बिडिएसको लाइसेन्स परीक्षा कार्तिक १ गते


काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले कार्तिक १ गतेको दिन एमबिबिएस र बिडिएसको लाइसेन्स परीक्षा लिने मिति तोकेको छ । काउन्सिलको असोज १ र २ गते बसेको फुलहाउसको बैठकले उक्त मिति तोकेको हो ।

उक्त लाइसेन्स परीक्षा कसरी लिने भन्ने विषयमा विस्तृत जानकारी काउन्सिलले १/२ दिनभित्रमा निर्णय गर्ने काउन्सिलका रजिष्टार कृष्ण अधिकारीले जानकारी दिए।

यसअघि काउन्सिलले गत साउन २० गते काठमाडौँ उपत्यका सहित देशभरका १७ परीक्षा केन्द्रबाट लाइसेन्स परीक्षा लिएको थियो । सो परीक्षामा झन्डै ११ सय परीक्षार्थीले परीक्षा दिएका थिए। जसमध्ये ५० प्रतिशत परीक्षार्थी उतिर्ण भएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ