२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ६७४ सहित थप ११५४ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा ६७४ सहित थप ११५४ जनामा कोरोना संक्रमण


काठमाडौं– काठमाडौं उपत्यकामा ६ सय ७४ सहित थप १ हजार १ सय ५४ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार १ सय ५४ जनामा जना कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार १ हजार १ सय ५४ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको छ। जसमध्ये १७ हजार ६ सय ११ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोना कहर तीव्र रुपमा फैलिरहेको छ । मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै ५ सय ३८ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, भक्तपुरमा ७४ जना र ललितपुरमा ६२  जना नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा उपचार पछि निको हुने संक्रमितको संख्या १ हजार ५ जना रहेको छ। देशभर गरेर आज आइसियु १ सय ९६ जना   उपचाररत छन् ।

 

कुन प्रदेशमा कति थपिए संक्रमित ?

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ