२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबनस्पतीजन्य खानेकुराले दीर्घजीविः अध्ययन

बनस्पतीजन्य खानेकुराले दीर्घजीविः अध्ययन


एजेन्सी । बनस्पतीबाट उत्पादित खानेकुरा बढी र पशुजन्य खानेकुराको न्यून उपभोगले मानिसलाई दीर्घजीवि बनाउनुका साथै मुटुसँग सम्बन्धित समस्याको जोखिम घट्ने एक अध्ययनले देखाएको छ । बनस्पतिबाट उत्पादित खानेकुराबाट प्राप्त डाईटले मुटु रोगको जोखिम १६ प्रतिशतले घटाउने र समय नपुगी मर्ने खतरा २५ प्रतिशत घट्ने सो अध्ययनमा देखाइएको छ ।

जर्नल अफ दी अमेरिकन हर्ट एशोसियसनमा प्रकाशित सो अध्ययनमा भनिएको छ, ‘बनस्पतीजन्य डाईट स्वस्थ मुटु र मृत्युको न्यून जोखिमसँग सम्बन्धित छ । ’फलफुल, सागसब्जी, गेडागुडी, बदामलगायतका खानेकुरा बनस्पतीबाट प्राप्त हुने डाईटमा पर्छन भने पशुजन्य खानेकुरामा मासु, अन्डा, माछा तथा सि फुड पर्छन ।

अध्ययनका लागि अमेरिकाका १२ हजार १६८ अर्धवयस्यक व्यक्तिलाई छनौट गरिएको थियो । अनुसन्धानकर्ताहरुले हरेक सहभागीको स्वभाविक डाईट र उनीहरुको मुटुसँगसम्बन्धित स्वास्थ्यको नजिकबाट अवलोकन गरेका थिए ।

अध्ययनको तथ्यांक विश्लेषणपछि बनस्पतिजन्य खानेकुराबाट डाईट लिने बयस्कहरुमा मासुजन्य खानेकुरा खाने सहभागीमा भन्दा कम मुटुको समस्या देखिएको वाल्टिमोरस्थित जोन्स हपकिन्स ब्लुम्बर्ग स्कुल अफ पब्दिक हेल्थका सहायक प्राध्यापक केसी रेबहोल्जले बताइन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ