२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकान्तिमा गरिब तथा विपन्नलाई प्रारम्भिक चरणको इमर्जेन्सी सेवा निःशुल्क

कान्तिमा गरिब तथा विपन्नलाई प्रारम्भिक चरणको इमर्जेन्सी सेवा निःशुल्क


काठमाडौं—कान्ति बाल अस्पतालले गरिब तथा विपन्न वर्गका बालबालिकाका लागि प्रारम्भिक चरणको इमर्जेन्सी सेवा निःशुल्क गरेको छ । कान्तिका निर्देशक डा. कृष्ण पौडेलकाअनुसार गरिब, विपन्न, कोही नभएका, तेस्रो व्यक्तिले ल्याएका वा अप्ठ्यारोमा परेका बिरामी बालबालिकाहरुलाई प्रारम्भिक चरणको इमर्जेन्सी सेवा दिइनेछ ।

उनकाअनुसार नेपाल सरकारको नीति तथा कार्यक्रममा व्यवस्थाको केन्द्रीय अस्पतालहरुमा आकस्मिक सेवा निःशुल्क गराउने कार्यविधीअनुसार प्रारम्भिक चरणको आकस्मिक सेवा निःशुल्क गरिएको हो । ‘प्रारम्भिक चरणको आकस्मिक सेवा केन्द्रीय अस्पतालमा निःशुल्क गर्ने सरकारको नीतिअनुसार नै हामीले यो कदम चालेका हौं,’ डा. पौडेलले हेल्थआवाजसँग भने ।

सोमबारदेखि सुुरु भएको उक्त सेवाका लागि अस्पतालको आकस्मिक कक्ष, टिकट काउण्टर अथवा सामाजिक एकाईमा सम्पर्क गर्नुपर्नेछ । प्रारम्भिक चरणको आकस्मिक सेवा एक दिनसम्म लागु हुने अस्पतालले जनाएको छ ।

उक्त सेवाका लक्षित वर्ग गरिब परिचयपत्र बाहक नेपाली, स्थानीय पालिकाको सिफारिस पत्र बाहक, उपचार खर्च नभएका सेवाग्राही, तेस्रो व्यक्तिले ल्याएका वा अप्ठ्यारोमा परेका सेवाग्राही र बेवारिस व्यक्ति रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ