२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. केसीको उपचारको लागि चिकित्सकीय समिति गठन गरिने

डा. केसीको उपचारको लागि चिकित्सकीय समिति गठन गरिने


काठमाडौँ – राष्ट्रिय ट्रमा सेन्टरले डा. गोविन्द केसीको उपचारको लागि चिकित्सकीय समिति गठन गर्ने भएको छ। स्वास्थ्य मन्त्रालय र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको निर्णयअनुसार वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन डा. रेवती मल्लको संयोजकत्वमा चिकित्सा समिति गठन गरी उपचार गरिने ट्रमा सेन्टरले जनाएको हो।

ट्रमा सेन्टरले विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो। डा. केसीको उपचार व्यवस्थापनको लागि गठन हुने समितिमा ग्याष्ट्रोइन्ट्रोलोजिष्ट डा. मुकेश शर्मा पौडेल, जनरल फ़िजिसियन डा. अनन्तभक्त उप्रेती, नेफ्रोलोजिष्ट डा. अनिल बराल, ग्याष्ट्रोइन्ट्रोलोजिष्ट डा. जितेन्द्रकाजी श्रेष्ठ, एनेस्थेसियोलोजिष्ट डा. सुजिता मानन्धर, सर्जन डा. धनश्याम थापा सर्जन र रेडियोलोजिष्ट डा. हरिहर खनाल रहेका छन्।

तर यता, डा. केसीले भने आफ्नो उपचार गराउन मानिरहेका छैनन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ