२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ६३७ सहित थप ११७२ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ६३७ सहित थप ११७२ जनामा कोरोना पुष्टि


काठमाडौं– काठमाडौं उपत्यकामा ६ सय ३७ सहित थप १ हजार १ हजार १ सय ७२ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार १ हजार १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार १ हजार भन्दा बढी नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको छ। जसमध्ये १७ हजार ४ सय १४ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोना कहर तीव्र रुपमा फैलिरहेको छ । मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै ४ सय ९२ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, भक्तपुरमा ९५ जना र ललितपुरमा ५०  जना नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा उपचार पछि निको हुने संक्रमितको संख्या १८ सय ९३ रहेको छ। देशभर गरेर आज आइसियु २ सय २० जना र भेन्टिलेटरमा ४३  जना   उपचाररत छन् ।

थप ७ जना संक्रमितको निधन 

थप ७ जना संक्रमितको निधन भएको छ । पछिल्लो २४ घण्टामा पुरुष ६ जना र महिला गरी ७ जना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काठमाडौँकी ६८ वर्षीया वृद्धा, ललितपुरका ७४ वर्षीय वृद्ध, झापाका ८३ वर्षीय वृद्ध, सिराहाका ५० वर्षीय पुरुष, र बर्दियाका ३९ वर्षीय पुरुष र ६४ वर्षीय पुरुष रहेका छन् ।  यससँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या ४ सय ३६ पुगेको छ ।

कुन प्रदेशमा थपिए कति संक्रमित ?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ