२०८१ मंसीर २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयको सिफारिस-२५ हजार सक्रिय संक्रमित भएपछि पुनः लकडाउन

स्वास्थ्य मन्त्रालयको सिफारिस-२५ हजार सक्रिय संक्रमित भएपछि पुनः लकडाउन


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजारभन्दा बढी सक्रिय संक्रमितको संख्या देखिएमा मुलुकलाई फेरी लकडाउन गर्न सिफारिस गरेको छ। बुधबार बिहान बसेको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’का पदाधिकारीहरु सहितको बैठकले सो निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

२५ हजारभन्दा बढी सक्रिय संक्रमित देखिएमा अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न कठिनाइ हुने स्वास्थ्य सम्बन्धि इकाइहरुको मत रहेको प्रवक्ता डा. जागेश्वर गौतमले बताए। हाल संक्रमितको संख्या १७ हजार ४ सय १४ छ।

सो बैठकमा संक्रमण बढिरहेको कारण जनस्वास्थ्यको मापदण्ड पालना हुन नसक्ने सबै सेवा र व्यवसाय कम्तिमा एक महिनाको लागि पुन: बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।

त्यस्तै, विभिन्न अस्पताल तथा प्रयोगशालामा तोकिएको भन्दा बढी शुक्ल लिने गरेको र सेवा प्रवाहमा सम्बन्धमा गुनासो आएको कारण गुनासो सम्बोधन गर्ने स्विकृती पाएको निकायले सो बारे अनुगमन गरी कारवाही गर्न निर्देशन दिन पनि सिफारिस गर्ने निर्णय भएको छ।

यस्तै, बैठकले कोभिड-१९ उपचार तथा परीक्षण गर्ने ल्याबहरूको स्वीकृती दिने निकायले नियमित अनुगमन गर्ने र बढी शुल्क लिएको पाइएमा कानुनअनुसार कारवाही गर्नुपर्ने यदि कानुनअनुसार कारवाही गर्न नसके मन्त्रालयमा लेखी पठाउन निर्देशन दिएको छ । कमाण्ड सिष्टमको बैठकले कोभिड-१९ का नाममा भएको खर्च सम्बन्धित निकायलाई चाडाेभन्दा चाडो सार्वजनिक गर्न निर्देशन दिएको मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।

यसअघि एक महिना लकडाउन गर्न सिफारिस हुन गएकोमा सच्याइएको छ । सं.


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ