२०८१ असोज १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडडेल्धुरा अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

डडेल्धुरा अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

भारतमा कोरोना पुष्टि, डडेल्धुरा मृत्यु


कैलाली-डडेल्धुरा अस्पतालमा बुधबार साँझ एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। भारतमा कोरोना पुष्टि भएका डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

अस्पतालले दिएको जानकारीअनुसार दुई दिनअघि भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना भएका थिए।

मृतकका आफन्तका अनुसार उनमा भारतमै कोरोना पुष्टि भएको थियो भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दिएको जानकारी अनुसार मृतक पुरुष त्रिनगर नाका भएर डडेल्धुरा पुगेका थिए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ