२०८१ असार १०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ७५५ सहित थप १४९७ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ७५५ सहित थप १४९७ जनामा कोरोना पुष्टि


काठमाडौं– काठमाडौं उपत्यकामा ७ सय ५५ सहित थप १ हजार ४ सय ९७  जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहिबारथप १४९७ जनामा संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ। जसमध्ये १८ हजार ४ सय ३७  जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोना कहर तीव्र रुपमा फैलिरहेको छ । मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै ६  सय ९ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, भक्तपुरमा ५१ जना र ललितपुरमा ९५   जना नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा उपचार पछि निको हुने संक्रमितको संख्या ४  सय ५७  रहेको छ। देशभर गरेर आज आइसियु २ सय ३२  जना र भेन्टिलेटरमा २८  जना   उपचाररत छन् ।

कुन प्रदेशमा थपिए कति संक्रमित ?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ