२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ६४५ सहित थप १३१३ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ६४५ सहित थप १३१३ जनामा कोरोना पुष्टि

नेपालमा संक्रमितको संख्या ७० हजार नाघ्यो


काठमाडौं– काठमाडौं उपत्यकामा ६ सय ४५ सहित थप १ हजार ३ सय १३ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थप १३१३ जनामा संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ। जसमध्ये १८ हजार २ सय ८९ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोना कहर तीव्र रुपमा फैलिरहेको छ । मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै ५ सय ३ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, भक्तपुरमा ५१ जना र ललितपुरमा ९१  जना नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा उपचार पछि निको हुने संक्रमितको संख्या १ हजार ४ सय ५५ रहेको छ। देशभर गरेर आज आइसियु २ सय २७  जना र भेन्टिलेटरमा ३९   जना उपचाररत छन् ।

कुन प्रदेशमा कति संक्रमित थपिए ?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ